सरकारको नीति तथा कार्यक्रम : ३ वर्षभित्रमा सबैको स्वास्थ्य बीमा गरिने

May Fri 2020 04:58:49

828 views

सरकारको नीति तथा कार्यक्रम : ३ वर्षभित्रमा सबैको स्वास्थ्य बीमा गरिने

काठमाडौं । सरकारले ३ वर्षभित्रमा सबैको स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा हुने जानकारी दिइन् ।

हालसम्म ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बिमा गरिएको छ ।

आधारभूतबाहेकका स्वास्थ्य सेवाहरू क्रमशः थप गरिँदै लगिने समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।