लकडाउनका बेला बैंकको लकरमा राखिएको सुन झिक्न जाँदा ढुंगा फेला परेपछिहंगामा मच्चियो

May Sun 2020 01:31:31

1919 views

लकडाउनका बेला बैंकको लकरमा राखिएको सुन झिक्न जाँदा ढुंगा फेला परेपछिहंगामा मच्चियो

भारतको राजस्थानको जालौर जालौरको तिलकद्वारस्थिर एसबीआई बैंकमा अनौठो घटना भएको छ । 

सो बैंकको लकरमा पारसमल जैनले ५ वर्षअघि सुनका गरगहना राखेका थिए। तर हाल सो लकरबाट सुन निकाल्न खोज्दा त्यहाँ ढुंगा थुपारेर राखिएको पाइएको घटना सार्वजनिक भएको छ। 

पारसमल महाराष्ट्रको भिवन्डीमा व्यापार गर्छन्। लकडाउनका क्रममा उनी २० दिनअघि मात्रै जालौर फर्किएका थिए। 

त्यसपछि पारसमलले बैंकको लकरबाट आफ्नो सुन निकाल्ने योजना बनाए। बैंकमा गएर आफ्नो लकर खोल्न लगाए। लकर खुल्नासाथ पारस मल छाँगाबाट खसेजस्तै भए। किनकि उनले सुन राखेको लकरमा ढुंगाहरु राखिएका थिए।

पारसमलले यस विषयमा कोतवाली प्रहरी थानमा रिपोर्ट लेखाएका थिए। रिपोर्टमा उनले आफूले बैंकको लकरमा राखेको ८०० ग्राम सुनका गरगहनाको ठाउँमा ढुंगाहरु फेला परेको उल्लेख गरेका छन्।