कोरोना बिमामा आकर्षण, १ लाख ३० हजारले बीमा गरे

May Wed 2020 07:16:48

1580 views

कोरोना बिमामा आकर्षण, १ लाख ३० हजारले बीमा गरे

नेपालमा कोभिड-१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा धेरैको आकर्षण देखिएको छ । अहिले सम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् ।

बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको  निर्जीवन बिमक संघका अध्यक्ष दीप पाण्डले बताएका छन् ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना ९पीसीआर परीक्षण० पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।