हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित, बैंकले अधिकृत पुँजी १५ अर्ब रुपैयाँ पुर्याउने

Jan Mon 2021 06:21:55

776 views

हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित, बैंकले अधिकृत पुँजी  १५ अर्ब रुपैयाँ पुर्याउने

काठमाडौं । हिमालयन बैंकले अधिकृत पुँजी १२ अर्बबाट बृद्धि गरि १५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । बैंकको  सम्पन्न २८ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

यस्तै उक्त साधारण सभाले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पनि स्विकृत गरेको छ । नगद लाभांशका लागि बैंकले ५६ करोड २३ लाख ३६ हजार आठ सय ८५ रुपैयाँ खर्चने छ । १ अर्ब ३१ करोड २१ लख १९ हजार चार सय रुपैयाँको बोनस शेयर जारी गर्ने छ ।

हिमालयन बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ।

हाल बैंकले देशभर ६८ शाखा र १ सय ३८ वटा एटिएम मार्फत वित्तीय सेवा दिदै आएको छ।