विकास बैंकको नाफा ४ अर्ब : नाफाको बृद्धिदर वाणिज्यको बैंकको भन्दा ७.७८ प्रतिशत बढी

May Wed 2020 08:26:30

980 views

विकास बैंकको नाफा ४ अर्ब : नाफाको बृद्धिदर वाणिज्यको बैंकको भन्दा ७.७८ प्रतिशत बढी

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रियस्तरका १० विकास बैंकहरुले ४ अर्बको हाराहारीमा खुद नाफा कमाएका छन् । 

सञ्चालनमा रहेका १० वटा विकास बैंकहरुले चैत मसान्तसम्म ३ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । नाफाको को वृद्धिदर  १०.४३ प्रतिशतले बढेको छ ।

जुन वाणिज्य बैंकहरुको भन्दा ७.७८ प्रतिशतले बढी रहेको छ । 

२७ वटा वाणिज्य बैंकहरुको चैत मसान्तसम्म २.६५ प्रतिशत खुद नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको तेस्रोे त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकले ३ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए, भने उक्त नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ३६ करोड ९९ लाख रुपैयाँले बढाएर ४ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुर्याएका हुन् । सो अवधिमा १० वटा विकास बैंक वितरण योग्य नाफा भने ७७ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने राष्ट्रियस्तरका विकास बैंकको सुचीमा मुक्तिनाथ विकास बैंक सुचिकृत हुन सफल भएको छ । बैंकले सो अवधिमा नाफामा ८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवको चैत मसान्तसम्मको ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफालाई ५ करोड ४ रुपैयाँले बढाएर ६७ करोड ६० लाख रुपैयाँ पुर्याएको हो ।

चालु आवको चैत मसान्तसम्म ५ वटा विकास बैंकले ५० करोड रुपैयाँ बढी र ५ वटा विकास बैंकले २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । ५० करोड रुपैयाँ नाफा कटाउने विकास बैंकमा मुक्तिनाथ विकाससँगै गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट र ज्योति विकास बैंक रहेको छन् । साथै यस्तै, चालु आवको चैत मसान्तसम्म महालक्ष्मी विकास बैंक, गण्डकी विकास बैंक, देव विकास बैंक, सांग्रिला विकास बैंक र कामना सेवा विकास बैंकले २० करोड रुपैयाँ बढी नाफा कमाएका हुन् ।

गत आवकोे चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २० करोड रुपैयाँभन्दा बढी नाफा कमाउने ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र गण्डकी विकास बैंक हुन् । सो अवधिमा १० करोड रुपैयाँ नाफा कटाउने बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक, देव विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।

चैत मसान्तसम्म १० वटा राष्ट्रियस्तरका विकास बैंकहरु मध्ये ३ वटा बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ, भने ७ वटा विकास बैंकको नाफा बढेको छ । नाफा घटाउने विकास बैंकमा देव विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक रहेका छन् । बाँकी ७ वटा विकास बैंकको नाफा चालु आवको चैत मसान्तमा १.६२ प्रतिशतदेखि ५२.७७ प्रतिशतसम्म नाफामा वृद्धि भएको छ ।