राजाको तस्वीर भएको नोट नचलाउन बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन, सर्वसाधारणसँग भएका नोट अब के हुन्छ ?

May Sun 2020 08:29:02

1848 views

राजाको तस्वीर भएको नोट नचलाउन बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन, सर्वसाधारणसँग भएका नोट अब के हुन्छ ?

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन नयाँ निर्देशन जारी गरेको छ ।

सफा नोट नीति कार्यान्यन गराउन भन्दै राष्ट्र बैङ्कले यो निर्देशन जारी गरेको हो। 

सर्वसाधारणले भने राजाको टाउँको भएको नोट जम्मा गर्न पाउँछन् तर बैङ्कमा आएकाहरूलाई बैंकहरुले पुन: प्रवाह गर्न पाउदैनन् ।   राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन कारोबार नगर्न बैकहरुलाई सर्कुलर जारी गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरूले अब एटीएमलगायतका मेसिनमार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नुपर्नेछ ।

नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई निष्काशनलाई अयोग्य नोटको रुपमा वर्गीकरण गर्न राष्ट्र बैङ्कले भनेको छ ।