कोरोनाले अर्थतन्त्रमा संकुचन, अबको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै रहने - अर्थमन्त्री डा. युवराज खतिवडा

May Tue 2020 08:16:26

664 views

कोरोनाले अर्थतन्त्रमा संकुचन, अबको आर्थिक वृद्धिदर २.३  प्रतिशत मात्रै रहने  -  अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं । यस आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । संघीय संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन ०७६र७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान गरिएको तथ्यांक अर्थमन्त्रीले सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । गत आर्थिक वर्ष २०७५÷७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।

केन्द्रीय तथ्यांक विभागले यसअघि वैशाख १७ मा यस वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने तथ्यांक सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।  दोस्रो चौमासपछि कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा असर पारेपनि आर्थिक वृद्धिदर भने नराम्रोसँग प्रभावित भएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।  सरकारले चालु आवको बजेट प्रस्तुत गर्दा ८.५ प्रतिशतको आर्थिक वृद्धि दर कायम हुने अनुमान गरेको थियो ।