नयाँ मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, मौद्रिक नीतिले यी कुराहरुको सम्बोधन हुने

Jun Tue 2020 08:24:05

618 views

नयाँ मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, मौद्रिक नीतिले यी कुराहरुको सम्बोधन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । मौद्रिक नीतिका लागि सुझाव संकलनको काम राष्ट्र बैंकले गरिरहेको छ  । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले बताए ।   अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिमा सर्वसाधारणको सुझाव समेटिन्छ ।

वेबसाइटबाट सुझाव दिन आह्वान गर्नुका साथै निजी क्षेत्र, बैंकिङ, बीमा, सहकारी लगायतका सबै सरोकारवालाहरुसँग राष्ट्र बैंकले सुझाव लिने गरेको छ । निजी क्षेत्रले भने मौद्रिक नीतिबाट केही सहुलियतको अपेक्षा राखेको छ । बजेटले उद्योगी(व्यवसायीका मागहरु संवोधन गर्न नसकेको भन्दै निजी क्षेत्र मौद्रिक नीतिले संवोधन गर्ने आशमा बसेको छ ।