सुनको भाउ ह्वात्तै बढ्यो, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बृद्धि

Jun Sun 2020 04:13:04

सुनको भाउ ह्वात्तै बढ्यो, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन पछि जेठ २५ गते आइतबार सुनचाँदीको मूल्य निर्धारण गरेको छ।

महासंघले जेठ २५ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकेको छ। यसैगरि तेजावी सुनको मूल्य ८६ हजार ९६० र चाँदीको भाउ प्रतितोला ९२५ रुपैयाँ निर्धारण गरिएको छ। 

लकडाउनअघि सुन प्रतितोला ७६ हजार कायम थियो ।