कृषि विकास बैंकका कर्मचारीले कोरोना बीमाको भुक्तानी पाए

Jun Fri 2020 06:17:28

714 views

कृषि विकास बैंकका कर्मचारीले कोरोना बीमाको भुक्तानी पाए

हालसम्म ४ लाख २५ हजारले कोरोना बिमा गरे

बिमा समितिले ल्याएको कोरोना बीमा योजनामा ४ लाख २५ हजार ३२२ ले कोरोना बीमा गरेका छन् ।

यसैबीच बिमा कम्पनीले एक जनाको दावी भुक्तानी गरिसकेको छ ।

कोभिड–१९ बिमा गराएका कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिए पछि नेको इन्स्योरेन्सले उनलाई एक लाख रुपैयाँ भुक्तानी दिएको हो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था गरेको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना ९पीसीआर परीक्षण० पोजिटिभ देखिएको अवस्थामा रकम बिमांक रकम पाउनेछन् ।

निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।