सेयर कारोबार खुल्ने भो, विद्युतीय कारोबारलाई प्रोत्साहन दिइने

Jun Sun 2020 06:20:19

740 views

सेयर कारोबार खुल्ने भो, विद्युतीय कारोबारलाई प्रोत्साहन दिइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार १५ गते सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । 

कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।

सेयर कारोबार गर्दा लगानीकर्ताले सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।

सेयर कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड(१९ सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेको पाइए कारबाही गर्ने पनि जनाइएको छ ।

बोर्डले ब्रोकरहरुले पनि घरबाटै सेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ ।