एनआईसी लघुवित्तको सबैलाई १० कित्ता मात्र शेयर

Jul Wed 2020 06:21:39

3757 views

एनआईसी लघुवित्तको सबैलाई १० कित्ता मात्र शेयर

काठमाडौं ।एनआईसी एशिया लघुवित्तले जारी गरेको आइपीओ बाँडफाँड भएको छ । धेरैजसो आवेदकहरूले १० कित्ता मात्र शेयर पाए, ४६ हजारले भने २० कित्ता हात पारेका छन् ।

लघुवित्तको आइपीओमा ४ लाख १४ हजार १८० जनाले २ करोड २० लाख ६६ हजार ३९० कित्ताको लागि २ अर्ब ३० करोड ६६ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

जसमा ७४ हजार कित्ता कर्मचारी, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको विक्री प्रबन्धन सानिमा क्यापिटलले जनाएको छ ।

संस्थाको आईपीओमा आवेदन दिने लगानीकर्तामध्ये सबैले १० कित्ता सेयर पाए भने ४६ हजारले भने २० कित्ता हात पारेका छन् ।