४ लाख ९२ हजार ७२ जनाले निफ्राको आईपीओ ६० कित्ता शेयर पाए

Jan Fri 2021 05:57:02

1072 views

४ लाख ९२ हजार ७२ जनाले निफ्राको आईपीओ  ६० कित्ता शेयर पाए

काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट भएको छ ।  बाँडफाँटमा १० देखि ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाएका छन् । बढीमा ६० कित्तासम्म शेयर बाँडफाँट गरिएकोमा ४ लाख ९२ हजार ७२ जनाले ६० कित्तासम्म शेयर पाएका हुन ।
 
विक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ । त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ । 

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।