नेप्सेमा यसरी उछाल आयो, लगानीकर्ता मालामाल बने

Jul Thu 2020 02:37:50

नेप्सेमा यसरी उछाल आयो, लगानीकर्ता मालामाल बने

 काठमाण्डौ । नेप्से परिसूूचकमा मंगलबार र बुधबार  ६ प्रतिशतले पोजेटिभ सर्किटलागेर कारोबार समयअगावै बजार बन्द भयो ।

सेयर मार्जिन कर्जाको सीमा बढ्ने सुुनिश्तिता हुुनुु, अधिक तरलता, ब्याजदर घट्दो क्रममा जानुुलगायत सकारात्मक विषयले समेत लगानीकर्ताहरुको मनोबल देखिन्छ।

बजारमा सेयर खरिदका लागि अत्याधिक माग रहेको छ। सेयर बजार बढ्ने क्रमसँगै बिक्रीको आपूूर्ति नआउँदा माग अचाक्ली बढ्को देखिन्छ। 

बुुुधबार नेप्से परिसूूचक हिजोको तुुलनामा ७५.७७ अंकले बढेर नेप्से १३३६।५२ अंक कायम भयो भने सेन्सेटिभ इण्डेक्स १५.१० विन्दूूले बढेर २८७.०२ पुुगेको थियो।

जीवन बीमा समूहमा ५४८.५३ अंकको उछाल आएको यो दिन निर्जीवनबीमा समूहमा ३२२.४१ अंकको बढोत्तरी भयो। त्यस्तै बैंकिङ समूहमा ८२.३ अंक, व्यापार समूहमा ३३.४८ अंक, विकास बैंक समूहमा ५७.०६ अंक, जलविद्युत् समूहमा ३३.६७ अंक, वित्त समूहमा ४.७५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०२.५७ अंक, अन्य समूहमा २०.९४ अंक, लघुवित्त समूहमा १०१.२३ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ।