रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स आइपिओ आउँदै

Jul Sat 2020 05:33:19

रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स आइपिओ आउँदै

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने भएका छन् । आइपीओ जारी गर्नका लागि धितोपत्र  बोर्डमा निवेदन दिएका हुन् ।

रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले हाल कायम रहेको पूँजीको ३० प्रतिशत अर्थात सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको प्रकृया अघि बढाएको हो । आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई ईक्रा नेपालले ग्रेड ४ रेट दिएको छ ।

कम्पनीको हालको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । एक अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बोर्डसँग प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ ।

केयर रेटिङ नेपालले कम्पनीको यस आइपीओलाई मध्यम अवस्था जनाउने केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।