२०७७/७८ को मौद्रिक नीति (शुक्रबार साउन २ गते) नै आउन सक्ने, यस्तो छ अन्तिम तयारी

Jul Thu 2020 06:19:12

1120 views

२०७७/७८ को मौद्रिक नीति  (शुक्रबार साउन २ गते) नै आउन सक्ने, यस्तो छ अन्तिम तयारी

काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति २०७७ साउन २ गते शुक्रबार नै नेपाल राष्ट्र बैंकले  सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीति राष्ट्र बैंकको विहिबार साँझ बोर्ड बैठकमा पेश गरिने र पास भएपश्चात् सार्वजनिक गर्ने तयारी भएको बताएका छन् ।

कोभिड १९ का कारण खस्किएको अर्थतन्त्रलाई उकास्ने यो वर्षको मौद्रिक नीतिलाई विशेष चासो र व्यग्रतापूर्वक हेरिएको छ।