सहकारीले ऋण तिर्ने भाखा १ वर्षसम्म सार्न निर्देशन

Jul Fri 2020 08:30:25

977 views

सहकारीले ऋण तिर्ने भाखा १ वर्षसम्म सार्न निर्देशन

काठमाडौं । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ ।

 थपिएको ऋणको हर्जना तथा कुनै अतिरिक्त शुल्क नलिनसमेत विभागले भनेको छ ।

कोभिड–१९ का कारण संस्थामा जोखिम बढेको भन्दै विभागले २ सदस्यीय जोखिम व्यवस्थापन कार्यदल गठन गरेर काम गर्न समेत सहकारीहरुलाई निर्देशन दिएको छ ।

सहकारीलाई कोभिड १९ को महामारीबाट प्रभावित आर्थिक क्षेत्रलाई पुनर्उत्थान गर्न उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमासहुलियतपूर्ण कर्जा÷पुनर्कर्जा दिन पनि विभागले निर्देशन दिएको छ ।

त्यस्तै संस्थागत खर्चमा मितव्ययिता अपनाउन र मितव्ययिताका लागि सदस्यलाई समेत अभिप्रेरित गर्न पनि सहकारीहरुलाई भनेको छ । त्यस्तै उद्यमशीलता अभिवृद्धि हुने गरी काम गर्न पनि सहकारीहरुलाई निर्देशन दिएको छ ।