एकहजारको नोट फोटोकपी गरेर चलाउन खोजेपछि… यस्तो भयो

Aug Sat 2020 07:15:27

एकहजारको नोट फोटोकपी गरेर चलाउन खोजेपछि… यस्तो भयो

काठमाडौं। काठमाडौंमा एकहजार दरका नक्कली नोट फेला परेका छन्। नक्कली नोटसहित काठमाडौं महानगरपालिका–३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट जना पक्राउ परेको प्रहरीले जनाएको छ।

१ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका–५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पौडेलको सुबिधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ।