एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा १ करोड १० लाख कित्ता बढीको आवेदन पर्यो

Aug Tue 2020 08:00:44

662 views

एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा १ करोड १० लाख कित्ता बढीको आवेदन पर्यो

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । 

साउन १६ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओमा मंगलवार विहान १० बजेसम्म ३ लाख १ हजार ४०० जनाले आवेदन दिएका छन् । 

विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट १ करोड १० लाख ७० हजार ५६० कित्ता आईपीओ खरिदका लागि आवेदन परेको हो । जुन मागभन्दा ३ दशमलव ५० गुणा बढी हुन आउछ ।

कम्पनीले साउन १६ गते शुक्रवारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।