Aug Thu 2020 11:21:51
1386 views
सदरमुकाम तौलिहवामा रहेको थप ३ वटा बैंक तथा वित्तीय संस्थाका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विहीवार ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैकिंग एण्ड फाइनान्स लि.का ४ जना कर्मचारीमा संक्रमण देखिएको हो ।
त्यस्तै कृषि विकास बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको हो । यी तीनै बैंक विहीवार (आज)बाट सिल गरिएको छ । त्यस्तै मेंगा बैंकका थप एक जना कर्मचारीमा विहीवार पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएको ५ वटै बैंकका शाखा सिल गरिएको मैंगा बैंक तौलिहवा शाखा प्रबन्धक राजेन्द्र शर्माले बताए ।