Aug Sat 2020 09:17:06
5906 views
काठमाडौं । अहिले नेपालको सेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको छ । सेयर बजारमा ८० प्रतिशत बढी हिस्सा ओगटेको बैंकिङ क्षेत्रको नेप्से सूचक सकारात्मक अर्थात उकालोतर्फ लागेको छ ।
बैंकिङ समूहको उपसूचकमा आएको सुधार ले अहिलेको शेयर बजार केही आशलाग्दो समेत देखिएको शेयर विश्लेषकहरुले नै बताउँदै आएका छन् ।
अहिले बजारमा बैंकहरुको ज्यादै न्यून सेयर मूल्य छ । कतिपय बैंकको दोस्रो बजार सेयर मुल्य नै साधारण सेयरको मूल्यमा पाउने अवस्था नै सृजना भएको छ ।
सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार बैंकिङ क्षेत्रमा गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक ३.९३ अंकले घटेको छ ।
बजारमा राम्रा राम्रा कम्पनीको आइपीओ जारी भइरहेको छ । आइपीओमा लगानीकर्ताको ध्यान निकै गएको देखिएको छ ।
यतिबेला बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम सेयर मूल्य हुने कम्पनीको संख्या ६ वटा कम्पनी छन् । यस्तै ३ सय रूपैयाँभन्दा कम सेयर मूल्य हुने बैंकको संख्या १७ वटा छ । बिहीबार मात्रै १७ वटा बैंकको सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँभन्दा कम छ । १७ वटा वाणिज्य बैंकमा कम मूल्य हुने बैंकमा सिभिल बैंक छ । सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ मात्रै छ । यो कम्पनीको सेयर मूल्य पनि आइपीओको नजिक आएको छ ।
३ सय रूपैयाँको हाराहारीमा सेयर मूल्य रहेको बैंकमा सिद्धार्थ बैंक छ । सिद्धार्थ बैंकको सेयर मूल्य प्रतिकित्ता २९३ रुपैयाँ छ ।
यतिबेला बैंकिङ क्षेत्रको संस्तो मूल्यमा सेयर उठाउन चाहने लगानीकर्ताका लागि १७ वटा बैंक छन् । त्यसमा पनि ६ वटा त ज्यादै न्यून मूल्यका छन् । जसमा सिभिल, सेञ्चुरी, सिटिजन्स, कुमारी, नेपाल बंगलादेश, एनसीसी बैंक छन् ।
यी बैंकको सेयर किन्न चाहने लगानीकर्ताले प्रतिकित्ता २ सय रुपैयाँ पनि खर्चनु पर्दैन । प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम खर्च गरे पुग्छ ।
त्यस्तै ३ सय रूपैयाँभन्दा कम मूल्यमा पनि वाणिज्य बैंकको सेयर खरिद गर्न सकिने छ । ३ सय रूपैयााभन्दा कम तर त्यसमा पनि न्यून मूल्य रहेका कम्पनीमा मेगा २१७, बैंक अफ काठमाण्डू २२२, माछापुच्छ्रे बैंक २२८, प्रभु २३२, सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २३३ रुपैयाँ छ ।
यही बेला हो बाणिज्य बैंकहरुको शेयर कित्ता उठाउने । अहिलेको लगानी दीर्घकालीन हुन सक्छ । बाणिज्य बैंकको सेयर मूल्य यो भन्दा तल कुनै पनि हालतमा अब जान सक्दैन भने केही सातापछि यही मूल्यमा पाइदैन । अहिले दृढ भएर बाणिज्य बैंकहरुको सेयरमा लगानी गर्ने हो भने केही महिनाभित्रै मालामाल बन्न सकिने अबस्था छ । तर लगानी गर्दा सोचेर बुझेर मात्र गर्नुहोस्, हतारमा भने होइन है ।