Aug Sun 2020 04:28:52
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न तथा घरसमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले जारी गरिएको निर्देशनमा भनिएको छ ।
यस्तै बैंक तथा वीत्तीय संस्थाको प्रदेश तथा शाखा कार्यालयहरुले पनि न्युनतम् कर्मचारीहरुबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।
संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।