एभरेष्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण, लाजिम्पाट केन्द्रीय कार्यालय नै सिल

Aug Mon 2020 09:17:40

850 views

एभरेष्ट बैंकका  कर्मचारीमा कोरोना संक्रमण, लाजिम्पाट केन्द्रीय कार्यालय नै सिल

काठमाडौं । एभरेष्ट बैंकको राजधानी काठमाडौंस्थित लाजिम्पाटमा रहेको मुख्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो बैंकको केन्द्रीय कार्यालय दुई दिनका लागि सिल गरिएको छ ।

सो बैंकबाट गत शुक्रबार कर्मचारीहरुको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा आइतबार  बैंकको लेखा र एक जना सवारी चालकमा कोरोना भाइरस देखिएको हो ।

कोरोना भाइरस संक्रमित कर्मचारीलाई सरकारी आईशोलेशनमा राखिएको छ ।  सबै कर्मचारीहरुलाई होम आईशोलेशनमा राखेर कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । 

सो बैंकको कपिलबस्तु  र लुम्बिनी शाखामा कार्यरत कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।