एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ बाँडफाँट, ३ लाख २० हजार ६१४ जनाले १० कित्ता शेयर पाए

Aug Tue 2020 07:04:45

1101 views

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ बाँडफाँट, ३ लाख २० हजार ६१४ जनाले १० कित्ता शेयर पाए

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ ।मंगलबार बाँडफाँट भएको आइपीओमा ३ लाख २० हजार ६१४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै ९७ हजार ३४४ जनाले भने सेयर पाएका छैनन् ।

Check IPO Result of NRN Infrastructure and Development Limited

कम्पनीका अनुसार कुल १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा ४ लाख १९ हजार ९१८ जनाले १ करोड ५३ लाख कित्ताका लागि आवेदन दिएका थिए ।