३ जना बैंकका कर्मचारीमा कोरोना देखियो, बैंकमा भीडभाड नगर्न र साबधानी अपनाउन अनुरोध

Aug Thu 2020 06:45:19

901 views

३ जना बैंकका कर्मचारीमा कोरोना देखियो, बैंकमा भीडभाड नगर्न र साबधानी अपनाउन अनुरोध

 पोखरामा २ बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको छ । 

सिद्धार्थ बैंकको पोखरा लेकसाइड शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो र त्यो शाखा  सिल गरिएको छ ।

ती कर्मचारीको परिवारकै अर्का सदस्यमा पनि  कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित  तालचोकको राष्ट्रिय वाणिज्य बैंककै कर्मचारी हुन् ।

राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण, मुद्रा व्यवस्थापन विभाग सिल

त्यस्तै नवलपुरको प्रभु बैंकको शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मान्छेहरुको धेरै भीडभाड हुने बैंकका कर्मचारीलाई नै संक्रमण देखिन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बैंकमा भीडभाड नगर्न र साबधानी अपनाउन अनुरोध गरेको छ ।

कास्की र नवलपुरका गरी ३ जना बैंकका कर्मचारीमा कोरोना देखिएपछि थप सन्त्रास बढेको छ ।

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

काठमाडौं । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ । कार्याल्यमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको हो