भर्न छुट्ला है, ३ अब्बल कम्पनी (इन्स्युरेन्स र लघुबित्त) को आइपीओ भदौ ३ देखि आउदैछ

Aug Wed 2020 07:48:32

3071 views

भर्न छुट्ला है,  ३ अब्बल कम्पनी (इन्स्युरेन्स र लघुबित्त) को आइपीओ भदौ ३ देखि आउदैछ

भदौको पहिलो साता ३ वटा कम्पनीको साधारण सेयर (आईपीओ) आउँदै छ ।

भदौ पहिलो साता आउन लागेको आईपीओमा समाज लघुवित्त वित्त संस्था, रिलायन्स लाइफ इन्स्योरेन्स र लिवर्टी इनर्जी कम्पनी रहेको छ ।

जसमा समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर भदौ ४ देखि र लिवर्टी इनर्जी कम्पनीको सेयर भदौ ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि खुल्दैछ ।

समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) मा लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ ।

संस्थाले ८६ लाख रुपैयाँको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ८६ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।  न्यूनतम १० देखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

संस्थाको आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र त्यसको शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । संस्थाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । संस्थाको आईपीओलाई कियर रेटिङ नेपालले कियर एनपी बी प्लस रेटिङ दिएको छ ।

यस्तै जीवन बीमा कम्पनीतर्फ रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पनि लगानीकर्ताले भदौ ४ देखि ८ गतेसम्म आवेदन दिन सक्नेछ ।
इन्स्यारेन्सको प्रतिकित्ता १ सय रुपैयाँका दरले ६३ करोड रुपैयाँको ६३ लाख कित्ता सेयर सेयर आउन लागेको हो ।

इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० देखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

इन्स्योरेन्सको आईपीओमा लगानीर्ताहरुले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था, त्यसको शाखा कार्यालय र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सकिनेछ ।

यता लिवर्टी इनर्जी कम्पनीको आईपीओ भने भदौ ३ गते खुल्ने छ । भदौ ३ देखि ढिलोमा भदौ १७ गतेसम्म आइपीओको आवेदन दिने सकिने छ ।
कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ताका लागि आइपीओ खुला गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछ ।

कम्पनीलाई क्रेडिट रेडिट रेडिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ पाएको दिएको छ । आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

विगतमा परेको आवेदन हेर्दा लिबर्टीमा र समाज लघुवित्तमा १० कित्ता र रिलायन्स लाइफमा २० कित्ता आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।