Aug Sat 2020 09:17:12
646 views
भैरहवाको एसबीआई बैंकमा कार्यरत थप १२ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार रुपन्देहीका १७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये बुटवल- ११ का २ जना तथा वडा नंं १३ का १ जना र सिद्धार्थनगर नगरपालिकाका १४ जना छन् ।
१४ मध्ये १२ जना बैंकका कर्मचारी हाुन् । बैंकरोडमा रहेको बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा अरुको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।