लकडाउनपछि फेरि काठमाडौंमा कोरोनाको जोखिम बढेको छ । दैनिक काठमाडौं उपत्यकामा १५० भन्दा बढी कोरोना संक्रमित देखिन थालेको छ । बढ्दो कोरोनाको जोखिमसँगै सरकारी अत्यावश्यक कामकाज बाहेक अरु सेवाहरु बन्द भएका छन् । सवारीमा जोर बिजोर प्रणाली लागू भएको छ । बैंक अत्यावश्यक सेवा भएकोले बैंक सेवा जारी छ । तर आधा कर्मचारीहरुबाट मात्र सेवा प्रवाह भइरहेको छ ।
कोरोना भाइरसको जोखिम थप बढेको भन्दै नेपाल बैंकर्स संघले सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको छ ।
डिजिटल बैंकिङ्ग ९मोबाइल÷इन्टरनेट बैंकिङ्ग० को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ । एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पनि संघले अनुरोध गरेको छ ।