काठमाडौं । नागरिक लगानी कोषले १ सय कित्ता सेयर बराबर ८२ कित्ताका दरले हकप्रद जारी गर्ने भएको छ । प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद जारी गर्न लागिएको हो ।
कोषले हकप्रद जारी गरेर १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपयाँ संकलन गर्ने लक्ष्य लिएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिएको छ ।
हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।