बित्तिय क्षेत्रका लागि उपयुक्त जब्स् प्लेटफर्म, बिफिन जब्स् पोर्टल सञ्चालनमा

Aug Fri 2020 09:15:40

542 views

बित्तिय क्षेत्रका लागि उपयुक्त जब्स् प्लेटफर्म, बिफिन जब्स् पोर्टल सञ्चालनमा

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड बिफिनले रिक्रुटमेण्ट सम्बन्धी कार्य गर्नका लागी बिफिन जब्स् डट कम www.bfinjobs.com संचालनमा ल्याएको छ । नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदान गर्दै आइरहेको बिफिनले अब संस्थालार्इ आवश्यक पर्ने जनशक्ति छनौट गर्ने कार्य समेत गरीदिने भएको छ । संस्थाको मेरुदण्डको रुपमा मानिने जनशक्तिको उपयुक्त छनौट तथा आवश्यक तालीम प्रदान गरि एकद्धार प्रणाली मार्फत संचालन गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई सहज हुने आवश्यकता महसुस गरी रिक्रुटमेण्ट एजेन्सी संचालनमा ल्याएको हो ।

रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डट कममार्फत कुनै पनि संस्थाका लागि उच्च तहका कर्मचारीहरु, व्यवस्थापकिय तहका कर्मचारीहरुको छनौट जब पोस्टिङ्ग सर्भिस उम्मेदबारहरुको सर्टलिस्टिङ्ग, परिक्षा तथा अन्र्तवार्ता, अन्तरिम व्यवस्थापन सेवा , तलब सर्बेक्षण , स्वतन्त्र सन्दर्भ जाँच सेवा  र बिज्ञापन सेवाहरु लगायतका सेवाहरु प्रदानगर्ने लक्ष्य राखेको छ । रिक्रुटमेण्ट एजेन्सी बिफिन जब्स् डट कम हालसालै मात्र संचालनमाल्याइएको हुदाँ प्रोमोशनल अन्र्तगत सेप्टेम्बर महिना सम्म कुनै पनि सेवा लिएमा७५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने समेत विफिनले जनाएको छ ।

बिफिन, इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो । बैंक तथा वित्तीय क्षेत्र संग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धित बिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथाअन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी डाटा बैंकको रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।