बैंकका कर्मचारीमा कोरोना संक्रमण धमाधम देखिन थाल्यो, कुन कुन बैंकका कर्मचारीमा देखियो हेर्नुहोस्

Aug Mon 2020 12:07:46

1997 views

बैंकका कर्मचारीमा कोरोना संक्रमण धमाधम देखिन थाल्यो, कुन कुन बैंकका कर्मचारीमा देखियो हेर्नुहोस्

डे दर्जनभन्दा बढी बाणिज्य बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण, उच्च सतर्कता अपनाउनु - बैंकर्स संघ

काठमाडौँ — काठमाडौ उपत्यकामा कोरोना कोभिड १९ को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा पनि संक्रमण हुने क्रम बढेको छ । 

प्राप्त जानकारीअनुसार प्राइम कमर्सियल बैंकका मुख्य कार्यालयमा कार्यरत डेढ दर्जन कर्मचारीमा कारोना संक्रमण पुष्टि भइसकेको छ । केही कर्मचारीको परीक्षणको रिपोर्ट अझै आउन बाँकी छ । बैंकका कर्पोरेट विभागमा कार्यरत बहुसंख्यक कर्मचारी संक्रमित भएको स्रोतले बताएको छ । 

शनिबारसम्म सो बैंकको मुख्य कार्यालयको १८ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ,’ स्रोतले भन्यो, ‘तीमध्ये उच्च तहका कर्मचारी धेरै छन् ।’ संक्रमण देखिएका र उनीहरूको सम्पर्कमा आएका कर्मचारी अहिले होटलमा आइसोलेसनमा छन् ।

यसैबीच, सनराइज बैंकको गोंगबु शाखाका ६ जना कर्मचारीको स्वास्थ्य रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको छ । सो शाखामा १० जना कर्मचारी कार्यरत थिए । तीमध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपाल इन्भेस्टमेन्ट बैंकको थापाथली शाखाका ६ जना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका छन् । 

मुख्य कार्यालयका दुई कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकले पनि दुई दिन मुख्य कार्यालय बन्द गरेको थियो ।

हालसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसहित ग्लोबल आईएमई, एनएमबी, एभरेस्ट, सानिमा, एनआईसी एसिया, सिभिल, नेपाल एसबीआईलगायत झन्डै दुई दर्जन वाणिज्य बैंकका कर्मचारी संक्रमित भइसकेका छन् । काठमाडौंमा कोरोनाको संत्रमण बढेसँगै उपत्यकाका बैंकका शाखा र तीनका मुख्य कार्यालयमा कार्यरत कर्मचारी संक्रमित हुने क्रम बढेको हो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि केही दिनको ‘सेल्फ आइसोलेसन’ मा बसिसकेका छन् । आफ्नो सम्पर्कमा रहेका कर्मचारीमा कोरोना ‘पोजिभिट’ आएपछि गभर्नर अधिकारी घरबाटै काम गर्ने गरी आइसोलेसनमा बसेका थिए । राष्ट्र बैंकको मुख्य कार्यलयमै सुपरिवेक्षण र मुद्रा विभागमा कार्यरक कर्मचारीमा संक्रमण देखिएको छ ।

पछिल्ला दिनमा बैंकका कर्मचारीमा कोरोनाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउनुपरेको बैंकर्स संघले जनाएको छ ।


समाचार स्रोत : इकान्तिपुर