Aug Mon 2020 01:02:44
481 views
प्रविधिमैत्री नहुँदा पनि शेयर भर्नेको बैंकमा भीड लाग्यो
काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुमा भीड बढेको छ । निषेधाज्ञा अवधिमा सीमित बैकका शाखा खोलिएका कारण र ३ वटा कम्पनीको आइपिओ खुलेको कारण भीड बढेको हो । बैंकका शाखा कार्यालयहरुमा भीड देखिएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उचित व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छ ।
बैंकले तीन जिल्लामा ४ वटामात्रै शाखा खोल्दा धेरै भीड देखिएको हो ।
प्रविधिमैत्री नहुँदा लिबर्टी इनर्जी, रिलाइन्स लाइफ र समाज लघुवित्त गरी तीन कम्पनीको आईपीओ भर्नका लागि पनि सर्वसाधारण बैंकमा नै पुगेका हुन् ।
मेरो सेयर चलाउन जान्नेकै लागि पनि सिष्टम ओभरलोडका कारण कतिपयले भर्न पाएका छैनन् ।