राष्ट्र बैंकको कडा निर्देशन एटीएममा अनिवार्य स्यानिटाइजर र ढोका पनि खुला राख्नुपर्ने

Aug Tue 2020 09:36:29

1079 views

राष्ट्र बैंकको कडा निर्देशन एटीएममा अनिवार्य स्यानिटाइजर र ढोका पनि खुला राख्नुपर्ने

कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएको छ ।

सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले जानकारी दिए । 

एटीएमका ढोकाहरु पनि खुलै राख्नु राष्ट्र बैंकले भनेको छ । बन्द अवस्थामा रहेका एटीएमका ढोकाहरुमा सबैले छुनु पर्ने भएकाले खुलै राष्ट्र बैंकले निर्देशन दिएको हो ।