Aug Thu 2020 08:25:10
2411 views
काठमाडौं । विश्वव्यापी कोरोना संक्रमणका प्रभावका विच गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा २७ वाणिज्य बैंकहरुले जम्मा रू. ३३ खर्ब ७३ अर्ब ७ करोड ८१ लाख निक्षेप संकलन गरेका हुन । अघिल्लो वर्ष सोहि अवधिमा यो रकम रू. २६ खर्ब ९७ अर्ब ७ करोड ३० लाख रहेको थियो । अघिल्लो वर्षको गत वर्ष यी बैंकहरुले औषतमा २५ प्रतिशत बढी निक्षेप संकलन गर्न सफल भएका हुन् ।
२७ मध्य सर्वाधिक निक्षेप संकलन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको चौथो त्रैमाससम्म रू. २ खर्ब ३० अर्ब ८२ करोड ७० लाख निक्षेप संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले रू. १ खर्ब ८९ अर्ब २५ करोड ५० लाख निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २१ दशमलव ९७ प्रतिशत बढी निक्षेप संकलन गरेको हो । गत वर्ष सिभिल बैंकले सबैभन्दा कम निक्षेप संकलन गरेको छ । सिभिलले गत वर्ष रू. ५७ अर्ब ५१ करोड २० लाख निक्षेप संकलन गरेको हो । यो रकम अघिल्लो वर्ष रू. ४१ अर्ब ९९ करोड ३० लाख थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सिभिलले ३६ दशमलव ९६ प्रतिशत बढी निक्षेप संकलन गरेको हो ।