काठमाडौं । नेपाल बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. ११ अर्ब २८ करोड २८ लाख २० हजार रहेको छ । गत वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश सार्वजनिक भएकै दिन बैंकको शेयरमूल्य ६ दशमलव २५ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. २६ ले घटेर बिहीवार नेपाल बैंकको अन्तिम शेयर मूल्य रू. ३९० मा झरेको हो । यो दिन बैंकको न्यूनतम रू. ३८७ देखि अधिकतम रू. ४१० सम्ममा शेयर खरिद विक्री भएको छ ।