८३ दिनको बीमाको प्रिमियममा छुट दिन निर्देशन

Aug Sun 2020 12:18:13

८३ दिनको बीमाको प्रिमियममा छुट दिन निर्देशन

काठमाडौं । कोरोनाका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको बीमा दरमा छुट दिन बीमा समितिले इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन  निर्देशन दिएको छ । समितिले  जारी गरेको सम्पत्ति बीमा निर्देशिक २०७५ को अनुसूची ११ को १६९ बुँदामा बन्द अवस्थाको कारखाना बीमा दर ३ प्रतिहजार रुपैयाँ कायम रहेकोमा सम्बन्धित बीमा दरको एक तिहाई कायम गर्नु पर्ने निर्देशनमा उल्लेख छ । 

साथै, आर्थिक वर्ष २०७७÷७८ को नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए अनुसार कोरोनाका कारण बन्द भएका उद्योगहरुको हकमा बन्द अवस्थाको जोखिमको लागि एक तिहाई तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट प्रदान गर्ने र उक्त छुट ८३ दिनको कायम गर्ने निर्देशनमा उल्लेख छ ।