शेयर बजारमा नयाँ रेकर्ड कायम, नेप्से हालसम्मकै उच्च विन्दुमा २१७५

Jan Sun 2021 05:17:10

556 views

शेयर बजारमा नयाँ रेकर्ड कायम, नेप्से हालसम्मकै उच्च विन्दुमा २१७५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन (आइतबार) नयाँ रेकर्ड कायम भएको छ ।  नेप्से २१७५ विन्दु पार गरेसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघि नेप्सेले १६ पुस २०७७ मा २ हजार ८७ दशमलब २७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।  

आइतबार नेप्से ८८.१२ अंकले बढेर दुई हजार एक सय ७५ दशमलब १२ विन्दुमा पुगेको छ भने ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।  

२१२ कम्पनीको १ करोड ४० लाख ८ हजार ४८९ कित्ता शेयर ६ अर्ब ३३ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । हिमालयन डिष्टिलरी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य पनि ९.९७ प्रतिशतले वृद्धि भएको छ । आज हिमालयन डिष्टिलरीको प्रतिशेयर मूल्य ३ हजार ८७२, साल्ट ट्रेडिङ्गको ६ हजार ९०९ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ हजार ४७८ रुपैयाँ र प्राइम कमर्सियल बैंक लिमिटेडको प्रतिशेयर मूल्य ४६८ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५० करोड ९५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य २ हजार ४१६ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहकै परिसूचकमा वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको परिसूचक ९.६४ प्रतिशतले वृद्धि भएको छ ।