Jun Mon 2021 09:31:41
कोभिड-१९ महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा "कतिपय व्यवस्थाहरू थप खुकुलो पार्दै" असार २१ गतेसम्म बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
सोमवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको अधिकारीहरूले बताए।
नयाँ निर्णयपछि अब जोरबिजोर प्रणालीमा मङ्गलवारदेखि सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सावधानी पालना गरेर सार्वजनिक यातायात पनि चल्ने भएका छन्।
बैठकपछि प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेशमा भनिएको छ, "काठमाण्डू उपत्यकाभित्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने।"