काठमाण्डूमा निषेधाज्ञा खुकुलो, अबदेखि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चल्ने

Jun Mon 2021 12:31:41

823 views

काठमाण्डूमा निषेधाज्ञा खुकुलो, अबदेखि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चल्ने

कोभिड-१९ महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा "कतिपय व्यवस्थाहरू थप खुकुलो पार्दै" असार २१ गतेसम्म बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

सोमवार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको अधिकारीहरूले बताए।

नयाँ निर्णयपछि अब जोरबिजोर प्रणालीमा मङ्गलवारदेखि सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सावधानी पालना गरेर सार्वजनिक यातायात पनि चल्ने भएका छन्।

बैठकपछि प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेशमा भनिएको छ, "काठमाण्डू उपत्यकाभित्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने।"

नयाँ निर्णयपछि पनि सञ्चालन गर्न नपाइने क्षेत्रहरू

  • सबै प्रकारका सभा सम्मेलन र तालिम वा सेमिनारहरू
  • सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लबहरू
  • स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लरहरू
  • हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, रङ्गशालामा दर्शकसहित हुने खेलकुद
  • खुला स्थानमा मानिसहरू भेला हुने सभा सम्मेलन, जुलुस र भोजभतेरहरू
  • होटेल र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रमहरू
  • पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरू
  • शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने