समाज लघुवित्तको आईपीओ बाँडफाँट, ५ लाख ३९ हजारलाई शेयर परेन हेर्नुहोस्

Aug Mon 2020 06:55:38

413 views

समाज लघुवित्तको आईपीओ बाँडफाँट, ५ लाख ३९ हजारलाई शेयर परेन हेर्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट भएको छ ।

जसमा ८ हजार ७० जनाले मात्र १० कित्ताका दरले पाएका छन् ।

आईपीओ खरिदका लागि ५ लाख ४७ हजार ९२८ जनाको आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको छ ।  आईपीओ खरिदको माग गर्ने ५ लाख ३९ हजार ३०० जना आवेदकको हात भने खाली भएको छ । 

समाज लघुवित्तले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । समाज लघुवित्तको जारी पूँजी रू. २ करोड रहेको छ । हाल रू. १ करोड १४ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. २ करोड पुगेको छ ।