चन्द्रागिरी हिल्स, डिसहोम सहित १६ कम्पनीको साढे ४ अर्ब बराबरको आइपीओ आउँदै, लगानीका लागि तयार रहनुहोला

Sep Thu 2020 07:34:28

952 views

चन्द्रागिरी हिल्स, डिसहोम सहित १६ कम्पनीको साढे ४ अर्ब बराबरको आइपीओ आउँदै, लगानीका लागि तयार रहनुहोला

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार १६ वटा कम्पनीको  ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता सेयर निष्काशनको पाइपलाइनमा छ ।

पाइपलाइनमा रहेका कम्पनीमध्ये ९ वटा त जलविद्युत कम्पनी नै छन् ।

बोर्डका अनुसार पाइपलाइनमा दुई वटा बीमा कम्पनी, एउटा मर्चेन्ट बैंक र अन्य कम्पनीसहित १६ वटा कम्पनी छन् । यी कम्पनीमध्ये पनि केहीले स्थानीय र सर्वसाधारणको लागि पनि आइपीओ जारी गर्ने तयारीमा रहेका छन् ।

पाइपलाइनमा रहेको कम्पनीमा बहुप्रतिक्षित दुई निर्जीवन बीमा कम्पनीमा जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स छ ।

त्यस्तै चन्द्रागिरी हिल्स, डिसहोमलगायतका कम्पनी पनि आइपीओ जारी गर्ने चरणमा छन् ।