Sep Fri 2020 12:38:53
1359 views
साताको अन्तिम कारोबारको दिन नेप्से १५१० दशमलव ४२ को विन्दुमा पुगेर बन्द भएको छ । जसमा नेपाल रि इन्योरेन्सको सर्वाधिक कारोबार भयो । कम्पनीको शेयर मूल्य ९०० माथि पुगेको छ । पुनर्बीमाको शेयर मूल्य ६ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै ९०१मा बजार मूल्य बन्द भएको छ। नेपाल पुनर्बीमाको बजार मूल्य ९३१ सम्म पुगेको थियो ।
केही दिन यता नेपाल रि इन्योरेन्सको शेयर मुल्यमा अत्यधिक बृद्धि भएको छ ।
नेपाल पुनर्बीमाको केही दिनको फ्लोरसिट हेर्दा ५९ नम्बर ब्रोकरबाट आक्रामक खरिद भएको तथ्यांक छ। साताको अन्तिम दिन पनि ५९ नम्बर ब्रोकरबाट ६ करोड १२ लाखको शेयर खरिद भएको छ भने ३६ नम्बर ब्रोकरबाट ५ करोड ७४ लाख बराबरको शेयर बिक्री भएको छ।
यही गतिमा अगाडी बढ्ने हो भने नेपाल रि इन्स्युरेन्सको प्रतिशेयर मूल्य एक हजार माथि पुग्ने बजार विश्लेषकहरुको अनुमान छ ।