साइबर क्राइमका कारण १.५ ट्रिलियन डलरको क्षति, नेपालमा साइबर बीमाको तयारी

Sep Sat 2020 05:53:48

साइबर क्राइमका कारण १.५ ट्रिलियन डलरको क्षति, नेपालमा साइबर  बीमाको तयारी

विकासका प्रविधि भन्ने नाराले अहिले विश्वव्यापी मान्यता पाएको छ ।  प्रविधिको उच्चतम प्रयोग आइटी र बैकिग क्षेत्रमा भइरहेको छ तर प्रविधिको प्रयोगसँगै त्यसको जोखिम पनि उत्तिकै चुनौ बनेर आएको छ । 

 एउटा अध्ययनले के देखाएको छ भने ग्लोबल इकोनोमीमा साइबर क्राइमका कारण १.५ ट्रिलियन डलरको क्षति भएको छ । जुन अहिले त्यो झन बढ्दो रुपमा छ । 

हामीले बैंक तथा वित्तीय संस्थाहरूलाई अझ बढी चनासो हुनुस् भनिरहेका छौं । २०६८ सालमा हामीले एउटा निर्देशिका जारी गरी सकेका थियौ । गत वर्ष केही घटनाहरू देखिएपछि सेक्युरिटी अडिटलाई अझ बढी प्राथमिकतामा राखेर काम गर्नुस् भनेका छौं । त्यसो त बैंक वित्तीय संस्थाहरू पनि आफै चनासो भएर लाग्नु भएको छ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले बताए । 

साइवर क्राइम सम्बन्धि नेपालमा बीमाको कुरा उठेको छ, त्यो अति आवश्यक छ रहेको राष्ट्र बैकले जनाएको छ । यसबाट जोखिम कम हुन्छ ।

त्यसैले यो प्राविधिक विषय भएकाले प्राविधिक विज्ञहरू इन्स्योरेन्स कम्पनी, बैंक वित्तीय संस्था सबै एकै ठाउँमा बसेर के कस्ता कुराहरू हामी बीमा गर्न सक्छौ, कुन खालको जोखिम वहन गर्नुपर्ने हो भन्ने निर्धारण गर्नुपर्छ र त्यसको पूर्ण ढाँचा  राष्ट्र बैंकमा पेश भएमा  त्यो साइवर बीमा नीतिलाई अगाडी बडाउन राष्ट्र बैंक तयार रहेको जनाएको छ ।