भदौ २३ गतेदेखि २५ गतेसम्म बैंकका सबै शाखा खोल्नैपर्ने

Sep Mon 2020 07:17:12

515 views

भदौ २३ गतेदेखि २५ गतेसम्म बैंकका सबै शाखा खोल्नैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन हुने बैंक तथा शाखाहरु भदौ २३ गतेदेखि २५ गतेसम्म खोल्नैपर्ने निर्देशन दिएको छ ।

हाल निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंकिङ सेवा प्रवाह गर्नका लागि बैंकहरुले सीमित कर्मचारीबाट सीमित शाखा कार्यालय सीमित समयका लागि सञ्चालन गरिरहेका छन् ।

राष्ट्र बैंकको उक्त निर्देशनसँगै ३ दिन राजस्व संकलन हुने सबै शाखाहरु सञ्चालन गर्नुपर्ने भएको छ ।