Sep Tue 2020 07:00:52
2003 views
काठमाडौं । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च व्यवस्थापन तहका कर्मचारीहरुले पनि यस्तो कर्जा नपाउने उल्लेख गरेको छ ।
यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे ।
राष्ट्र बैंकका अनुसार उच्च व्यवस्थापन तहको पदाधिकारी भन्नाले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतभन्दा दुई तह मुनिसम्मको पद धारण गरेको व्यक्तिहरु पर्नेछन् ।