बैंकिङ प्रणालीमा १९४ अर्ब बढी तरलता चुलियो, लगानीकर्ताहरु खोसाखोसको अबस्था

Sep Tue 2020 11:02:00

906 views

बैंकिङ प्रणालीमा १९४ अर्ब बढी तरलता चुलियो, लगानीकर्ताहरु खोसाखोसको अबस्था

काठमाण्डौ । कोभिड १९ का कारण बैंक तथा बित्त संस्थाहरुमा हाल १९४ अर्ब तरलता थुप्रिएको छ । यसले गर्दा बैकहरु अत्तालिएका छन् । लगानीकर्ताहरु खोसाखोसको अबस्था समेत देखिन थालेको छ । तर राष्ट्र बैंकले भने नआत्तिन भनेको छ ।

वाणिज्य बैंकका सीइओहरुले आफ्नो बैंकमा थुप्रिएको तरलता राष्ट्रबैंकले रिभर्स रिपो जारी गरी वा सरकारले विभिन्न बण्ड जारी गरी प्रशोचन गरिदिनुपर्ने माग गरेका छन् । 

बैंकरहरुका अनुसार नयाँ कर्जा ठप्प जस्तै भएको बेला पनि आधार दर न्यून भएका राम्रा बैंकहरुको विजिनेश फस्टाइरहेको छ । ुअधिक आधारदर भएका बैंकहरुका कर्जाका ग्राहक समेत कम आधार दर भएका बैंकहरुमा सर्ने क्रम तीव्र बनेको छ ।

राष्ट्रबैंकले अर्को बैंकबाट लोन स्वाप गर्न समेत सहज व्यवस्था गरिदिएपछि साना बैंकलाई अझ बढी समस्या भएको बताइन्छ । 

निक्षेपको ब्याजदर ३ देखि ५ प्रतिशतमा सीमित भएपछि डिपोजिट पलायन भई सहकारी र सेयर बजारतर्फ जान थालेको देखिएको बैंकरहरु दाबी गर्छन् । यसले समेत बैंकिङ प्रणालीमा समस्या भइरहेको उनीहरुको भनाई छ ।