अब बैंकहरुमा कर्मचारी भर्ना गर्न नपाउने, राष्ट्र बैंकको यस्तो निर्देशन

Sep Wed 2020 07:02:01

1053 views

अब बैंकहरुमा कर्मचारी भर्ना गर्न नपाउने, राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं ।  बैंकहरुले अब आफुखुशी आफन्त, नातेदारलाई बैंकमा स्थायी नियुक्ती गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकद्वारा जारी एकीकृत निर्देशनको बुँदा नं ६५ मा कर्मचारी नियुक्तीको लागि छुट्टै मापदण्ड बनाएर क्षमतावान व्यक्तिलाई मात्रै आवश्यकताको आधारमा नियुक्ती गर्नुपर्ने उल्लेख छ । कर्मचारी छनौट दक्षताको आधारमा हुनुपर्ने साथै छनौट निष्पक्ष र पारदर्शी बनाउनु पर्ने उल्लखे छ ।

त्यस्तै, बैंकमा कर्मचारी बढुवा मनोमानी तथा तजबिजी अधिकार प्रयोग नगरी कार्यदल बनाएर पारदर्शी रुपमा कर्मचारी बढुवा गर्ने व्यवस्था मिलाउनुपर्ने संशाधित निर्देशनले गरेको छ ।