नेप्से १५०० विन्दू माथि, बिमाको शेयर मूल्यमा उछाल

Sep Thu 2020 07:09:05

2074 views

नेप्से १५०० विन्दू माथि, बिमाको शेयर मूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १५०० विन्दूलाई तोडेर उकालो लागिरहेकोले लगानीकर्ताहरुको मनोबल उच्च भएको शेयर विश्लेषकहरु बताउँछन् । 

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ११० कम्पनीका सेयरमूल्यमा बढोत्तरी आयो भने २० वटा कम्पनीका सेयरमूल्य स्थिर रहे । यसैगरी ४१ कम्पनीका सेयरमूल्यमा भने गिरावट आएको छ ।

नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ३०२.०२ प्रतिशतको उछाल आएको छ । जीवन बीमा समूहमा २०४.५३ अंकको बढोत्तरी भएको यो दिन बैंकिङ समूहमा ३.८३ अंक, विकास बैंक समूहमा १५.७ अंक, जलविद्युत् समूहमा २.३१ अंक, वित्त समूहमा २.२४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३३.२२ अंक, अन्य समूहमा ०.३९ अंक र लघुवित्त समूहमा ३३.७३ अंकको वृद्धि भएको छ।

आज व्यापार समूहमा ३०.२१ अंक, होटेल्स् समूहमा १.१३ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ ।

 नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो । यो कम्पनीको मात्र १७ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भयो ।

नागरिक लगानी कोष (सीआईटी) को ९ करोड २३ लाख रुपैयाँको कारोबार भएको यो दिन नेपाल लाइफ इन्स्यारेन्सको ९ करोड १ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्यारेन्सको ८ करोड ५९ लाख रुपैयाँ, एभरेस्ट इन्स्योरेन्सको ८ करोड ४३ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ६ करोड ४० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ३५ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ५ करोड ९२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ५ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

तीनवटा कम्पनी राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, रिलायन्स लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टक्चरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।

एनआरएन लघुवित्तको सेयरमूल्यमा पनि ९ प्रतिशत बढी वृद्धि भएको छ ।