५ वटा बैंकले जारी गर्दैछन् ९ अर्ब ६० करोडको ऋणपत्र

Sep Fri 2020 09:55:10

759 views

५ वटा बैंकले जारी गर्दैछन् ९ अर्ब ६० करोडको ऋणपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार ५ वटा बैंकका ९ अर्ब ६० करोड रुपैयाँको ९६ लाख कित्ता ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा छन् ।

ऋणपत्र जारी गर्नका लागि सिद्धार्थ, एभरेष्ट, सानिमा, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र बैंक अफ काठमाण्डूको ऋणपत्र पाइपलाइनमा छन् ।

सिद्धार्थ बैंकले ७ वर्ष अवधिका लागि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र ८.५ प्रतिशत ब्यायजदरमा निष्कासन गर्दैछ । जारी गर्न लागेको ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारण र १८ लाख कित्ता ऋणपत्र बैंकले संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । यसको बिक्री प्रबन्धक एनएमबि क्यपिटल रहेको  छ ।

यस्तै एभरेष्ट बैंकले पनि ७ वर्षका लागि १ अर्ब रूपैयाँको १० लाख कित्ता ऋणपत्रल १०.२५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक डिबेन्चर २०८३ निष्कासन गर्ने भएको छ । एभरेष्टको ऋणपत्रमा सर्वसाधारणले ४० करोड रूपैयाँको ४० लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् भने बाँकी ६० करोड रुपैयाँको ६० लाख कित्ता बैंक आफैले विधिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्ने छ ।

ऋणपत्र जारी गर्न लागेको बैंक हो सानिमा । सानिमा बैंकले १० वर्षका लागि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र १०.२५ प्रतिशत ब्याजदरमा बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको ४० लाख कित्तामा सर्वसाधारणले १६ लाख कित्तामा आवेदन दिने पाउने छन् भने बैंक आफैले २४ लाख कित्ता विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ । 

ऋणपत्र निष्काशनको तयारीमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक पनि छ । बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दैछ । यसको ब्याजदर १०.२५ प्रतिशत छ । उक्त ऋणपत्रमा सर्वसाधारणले १२ लाख कित्ता र बैंक आफैले विभिन्न संघ संस्था तथा व्यक्तिलाई १८ लाख कित्ता सेयर बिक्री गर्नेछ । 

ऋणपत्र जारी गर्नका लागि बोर्डको पाइपलाइनमा बैंक अफ काठमाण्डू रहेको छ । बैंकले १० वर्षका लागि १ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता निष्कासन गर्न लागेको छ । यसको ब्याजदर १०.२५ प्रतिशत व्याजदर रहेको छ । बैंकले जारी गर्न लागेको १ अर्ब ६० करोड रूपैयाँको १६ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणले ६ लाख ४० हजार कित्तामा आवेदन दिन पाउने छन् भने बैंक आफैले विभिन्न संघ संस्था तथा व्यक्तिलाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ ।