तरलताले बैंकको निक्षेप धमाधम सहकारी तिर पलायन हुदै

Sep Wed 2020 11:37:49

1212 views

तरलताले बैंकको निक्षेप धमाधम सहकारी तिर पलायन हुदै

बैंकिङ क्षेत्रमा अधिक तरलता देखिएको छ । बैंकहरुको कर्जा लगानी विस्तार हुन सकेको छैन भने ब्याजदर घट्दो क्रममा रहेको छ । यसरी  बैंकहरुले ब्याजदर घटाउँदा निक्षेप पलायन हुने निश्चित भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय बैंकको ब्याजदर घटेको देखाउँछ । २०७६ असारमा निक्षेपको औसत ब्याजदर ६.६० प्रतिशत र कर्जाको औसत ब्याजदर १२.१३ प्रतिशत रहेको थियो । कर्जा लगानी नभएपछि कर्जाको मात्रै होइन बैंकहरुले निक्षेपको पनि ब्याजदर घटाएका छन् ।

राष्ट्र बैंकका अनुसार २०७७ असारमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत र कर्जाको औसत ब्याजदर १०.११ प्रतिशत झरेको छ । निक्षेपको ब्याज घटेको र यो घट्ने क्रम अझै कायम रहेकाले बैंकमा आउने निक्षेप सहकारी तथा अन्य अनौपचारिक क्षेत्रमा डाइभर्ट हुने खतरा बढेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।