Sep Sat 2020 08:21:14
517 views
काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीकाबीच पनि नेपालको आर्थिक क्रियाकलाप सकारात्मक नै रहेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झण्डै ६ महीना अवरुद्ध भएको आर्थिक क्रियाकलापका बाबजुद नेपालका लागि केही सकारात्मक परिसूचक रहनु सुखद पक्ष भएको बताएका हुन् ।
बैकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व कायम छ । बैक सेवामा उल्लेख्य विस्तार भएको बताउँदै प्रमले सम्बोधनका क्रममा भने ‘निजी क्षेत्रका लगानीका लागि बैकिङ क्षेत्रमा करिब २०० अर्ब रूपैयाँ थप तरलता उपलब्ध छ । बैकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदा अर्थतन्त्र चलायमान रहन सहज भएको बताए ।
मूल्य वृद्धि नियन्त्रणमा नै रहेको उल्लेख गर्दै सरकारले बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकत वस्तुहरूको आपूर्ति निरन्तर गराइरहेको रहेको बताए ।
वैदेशिक व्यापार घाटा सुधारोन्मुख छ । वर्तमान बन्दाबन्दीको अवस्थामा पनि विप्रेषण आप्रवाहमा निरन्तरता छ । यस अवधिमा मासिक औसतभन्दा बढी नै विप्रेषण आप्रवाह भएको छ । जेठ, असार र साउन(पछिल्ला यी तीन महिनामा करिब २८७ अर्ब रूपैयाँ विप्रेषण आप्रवाह भएको छ ।गत वर्षभरिमा शोधनान्तर स्थिति २८२ अर्ब रूपैयाँले बचतमा रहेको छ । कूल विदेशी विनिमय सञ्चिति एक हजार ४०१ अर्ब रूपैयाँ पुगेको छ’, प्रधानमन्त्रीले सम्बोधननमा उल्लेख गरेका छन् ।
सम्बोधनको पूर्णपाठ
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीगण,
संघिय संसदका संसदीय समितिका माननीय सभापतीहरू,
संवैधानिक निकायका पदाधिकारीहरू,
विशिष्ट अतिथिहरू,
कर्मचारी तथा सञ्चारकर्मी मित्रहरू,
संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरू,
स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
– आज हामी छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउन यहाँ उपस्थित भएका छौं। सात दशक लामो संघर्ष र बलिदान एवं संविधान निर्माणको सन्दर्भमा बहस,विवाद र सहमतिको छ वर्ष लामो शृङ्खला पार गरी पाँच वर्ष अघि आजकै दिन हामीले संविधानसभाबाट नेपालको संविधान जारी गरेका थियौं ।
यस ऐतिहासिक दिनको अवसरमा सर्वप्रथम म, नेपाल सरकार तथा आफ्नो तर्फबाट मुलुक भित्र र मुलुक बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आन्दोलनको क्रममा सहादत वरण गर्नु हुने सम्पूर्ण ज्ञातरअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
जननिर्वाचित संविधानसभाद्वारा जनता आफैंले लेखेको संविधान जारी गराउनेबिन्दुसम्म नेपाली राजनीतिक आन्दोलनको नेतृत्व गर्नु हुने अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। आन्दोलनको क्रममा बेपत्ता पारिएर, बेघरवार भएर, शारीरिक, मानसिक एवं पारिवारिक रूपमा क्षति ब्यहोरेर योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदरभाव व्यक्त गर्दछु ।
वैदेशिक व्यापार घाटा सुधारोन्मुख छ। वर्तमान बन्दाबन्दीको अवस्थामा पनि विप्रेषण आप्रवाहमा निरन्तरता छ। यस अवधिमा मासिक औसतभन्दा बढी नै विप्रेषण आप्रवाह भएको छ। जेठ, असार र साउन पछिल्ला यी तीन महिनामा करिब २८७ अर्ब रूपैयाँ विप्रेषण आप्रवाह भएको छ ।
गत वर्षभरिमा शोधनान्तर स्थिति २८२ अर्ब रूपैयाँले बचतमा रहेको छ। कूल विदेशी विनिमय सञ्चिति एक हजार ४०१ अर्ब रूपैयाँ पुगेको छ ।
कोभिडले ल्याएको विश्वव्यापी आर्थिक संकटका बावजूद पनि दातृ निकायको सहयोग बढिरहेको छ। यस अवधिमा १६८ अर्ब रूपैयाँ बजेटरी सहायतासहित कूल ५ खर्ब रूपैयाँ बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ । यस २ वर्षको अवधिमा २ खर्ब रूपैयाँभन्दा बढीको बाह्य लगानी स्वीकृत भइसकेको छ भने १४ खर्ब रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता पनि प्राप्त भएको छ।
बैकिङ तथा वित्तीय क्षेत्रमा स्थायित्व कायम छ । बैक सेवामा उल्लेख्य विस्तार भएको छ। निजी क्षेत्रका लगानीका लागि बैकिङ क्षेत्रमा करिब २०० अर्ब रूपैयाँ थप तरलता उपलब्ध छ । बैकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे छ । उद्योगरव्यवसायहरू निर्वाधरूपमा सञ्चालनमा आउँदा सिर्जना हुने कर्जा मागलाई सम्बोधन गर्न बैंकहरू सक्षम छन् । बीमा तथा पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको छ ।